बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा रु दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरेको हो ।

पक्राउपर्नेमा झापा दमक नगरपालिका १६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका १५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेललाई पक्राउ गरेको हो। उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);