पोखरामा पहिरोले एम्बुलेन्स पुरिँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोखरामा पहिरोले एम्बुलेन्स पुरिँदा एकको मृत्यु

पोखरा । कास्कीमा पहिरोले एम्बुलेन्स पुरिँदा विरामीको मृत्यु भएको छ । कास्कीको पसगाउँ स्वास्थ्य चौकीको ग१झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा एम्बुलेन्समा भएका बिरामीको मृत्य भएको छ भने चालक घाइते भएका छन् ।

मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा पहिरोले आएर एम्वुलेन्स पुरेको वडा अध्यक्ष तोरण बहादुर गुरुङले बताए ।

एम्बुलेन्स पुरिंदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको ज्यान गएको वडाध्यक्ष गुरुङले जानकारी दिए । माथिबाट बाढी आएपछि भाग्नेक्रममा एम्वुलेन्स चालक सुवास अधिकारीलाई बगाएको थियो ।

चालक अधिकारीलाई वडाध्यक्ष तोरणबहादुर गुरुङ, युवाहरु स्थानीय लगायतले उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

वडाध्यक्ष गुरुङका अनुसार जेसिवीको सहायताले बाढीबाट एम्वुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);