कबुलियत वनको विवादले आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कबुलियत वनको विवादले आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियत वनको विवादले आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप भएको छ । मन्त्रिपरिषद्को निर्णयले वडा नं २, ३,८ र ९ स्थित धौरी टापु क्षेत्रमा कबुलियती वन सञ्चालन गर्न स्वीकृति दिएपछि स्थानीय आन्दोलित भएका थिए । आन्दोलनमा प्रहरी पक्षका ६ जना गरी १० जना भन्दा बढी घाइते भएका छन्।

स्थिति अनियन्त्रित भएपछि प्रहरीले २५ राउन्ड अश्रुग्याँस र १० राउण्ड हवाई फायर गरिएको थियो । गत जेठ ११ गतेको स्वीकृति पछि स्थानीयले उक्त निर्णयको विरोध गर्दै आएका छन् । संघर्ष समिति गठन गरेरै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाले सिफारिस दिएर आफूहरुलाई विस्तापित गर्न खोजेकाले आफूहरु विरोधमा उत्रिएको समिति अध्यक्ष नविन राईको भनाइ छ ।

नगरपालिकाले समेत मन्त्रिपरिषद्को निर्णय स्वीकार्न नसकिने बताएको छ । नगरपालिकाको सिफारिस विना आएको मन्त्रिपरिषद्को निर्णय आफूलाई मान्य नहुने मेयर दुर्गा कुमार थापाको भनाइ छ । मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन भएमा ७ सय ६० भन्दा अधिक घरधुरी विस्तापित हुने बताइएका छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहने समितिको अडान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);