नवलपरासीमा गोली चल्यो, तीन जना स्थानीय घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नवलपरासीमा गोली चल्यो, तीन जना स्थानीय घाइते

नवलपरासी, ७ फागुन । नवलपरासीको महेसपुर भन्सारमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका कारण प्रहरीले १० राउण्ड अश्रु ग्यास र १ राउण्ड गोली चलाएको छ ।

भन्सारमा कपडाको विवादलाई लिएर स्थानीयले अवरोध गरेपछि प्रहरीले आश्रु ग्यास र गोली चलाउनु परेको जनाएको छ । झडपमा परि तीन जना स्थानीय घाइते भएका छन् ।

भन्सारको गोदामा स्टक राखिएको ५० लाख बराबरको ५२ पोका कपडा र १५ बोरा कपडा प्रहरीले भैरहवा भन्सारमा लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन फायरिङ गरिएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । सो नाकाबाट व्यापारी र कर्मचारीको सेटिङमा भारतबाट सामान आयत हुने गरेको स्थानीयले आरोप लगएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);