खोकनामा स्थानीय र प्रहरीबीच झडप, ४ प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खोकनामा स्थानीय र प्रहरीबीच झडप, ४ प्रहरी घाइते

khokhana jhadap

काठमाडौं, २० असार । ललितपुरकाे खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  शनिबार सुडोल फाँटमा रोपाई गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो ।

झडपमा परी ४ जना प्रहरी घाइते भएको बताइएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासीबीच विवाद भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);