बझाङ पहिरो अपडेट : दुई जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बझाङ पहिरो अपडेट : दुई जनाको शव फेला

बझाङ, २० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । ११ वर्षीय बालक प्रयाग जेठारा र ७ वर्षीय बालिका अस्मिता जेठाराको शव भेटिएको हो ।

शुक्रबार राति परेको वर्षासँगै गएको पहिरोमा पुरिएर १७ घर पुरिएको र दर्जनौं मानिसहरु वेपत्ता भएको हुनसक्ने गाउँपालिका उपाध्यक्ष निशा धामीले जानकारी दिनुभयो । गाउँ माथिबाट आएको पहिरो आएको र दुर्गम गाउँ भएकोले उद्दारकार्यमा कठिनाई भएको उपाध्यक्ष धामीले बताउनुभयो ।

उद्दारको लागि अहिले स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरु घटनास्थल तर्फ लागेको बताइएको छ । खोलाको बाटो भएर घटनास्थलतर्फ जानुपर्ने भएको र पुल तथा बटो बाढिले बगाएको कारण पुग्न कठिनाइ परेको उपाध्यक्ष धामीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);