सिन्धुपाल्चोक पहिरोमा पुरिएका १८ जनाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सिन्धुपाल्चोक पहिरोमा पुरिएका १८ जनाको शव भेटियो

pahiro ma ghar

सिन्धुपाल्चोक, ३२ साउन । जुगल गाउँपालिका–२, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै,शनीबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी कार्यालयका अनुसार आज स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया बिमला दोङ र सात महिने कबीर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख दिने भएको छ ।

विपत व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइन दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।

जुगल गाउँपालिका २, लिदीका पहिरो पीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । संघले शनीबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रूपैयाँ सहयोग गरिएको संघका अध्यक्ष सन्जीव वाइबाले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);