लिदीको पहिरोमा बेपत्ता भएका थप तीनजनाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लिदीको पहिरोमा बेपत्ता भएका थप तीनजनाको शव भेटियो

pahiro ma ghar

पहिरोमा ज्यान गुमाउनेको संख्या २८, अझै ११ जना बेपत्ता

सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । गत शुक्रबारको पहिरोमा पहिरोमा बेपत्ता भएकामध्ये एक बालक र दुई महिलाको शव विहिबार फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पाँच वर्षीय सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो । योसँगै लिदी पहिरोमा १५ पुरूष र १३ महिलासंगै ज्यान गुमाउनेको संख्या २८ जना पुगेको छ । पहिरोमा परेका ११ जना अझै बेपत्ता छन् । तीमध्ये १४ बालबालिका मात्रै छन् ।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् घटना स्थलमा एक्साभेटर लैजान सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);