माउन्टेन टेलिभिजनका सप्तरी संवाददाता दिवाकर साह रिहा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

माउन्टेन टेलिभिजनका सप्तरी संवाददाता दिवाकर साह रिहा

काठमाडौं, ४ भदौ । माउन्टेन टेलिभिजन सप्तरी संवाददाता दिवाकर साह रिहा भएका छन् । समाचार संप्रेशण गरेको आरोपमा गिरफ्तार परेका साह आज रिहा भएका हुन् ।

जिल्लाका पूर्वाधार आयोजना र आइसोलेसनको विषयमा समाचार प्रशारण गर्दा साह प्रहरीले नियन्त्रणमा लिएको हो । समाचार संप्रेशण गर्दा अफवा फैलाइएको आरोप लगाउदै साहविरुद्ध स्थानीय प्रशासनमा मुद्दा दर्ता भएको थियो ।

पत्रकार महासंघका केही पदाधिकारी, ठेकेदार, अस्पताल प्रशासन र प्रहरीको मिलेमतोमा साहलाई फसाइएको थियो ।तर, संवाददाता साह निर्दाेष भएपछि सप्तरी प्रहरी रिहाइ गर्न बाध्य भएको छ ।

समाचार संप्रेशण पछि प्रहरी दिवाकर साहको घरमा छापा मार्न पुगेको थियो । प्रहरीले घरमा छापा मार्न पुगेपछि साह परिवारमा तनावमा थियो । तर, सम्वाददाता साह जिल्ला प्रहरी सप्तरीमा उपस्थित भएका थिए । गएको आइबार प्रहरी समक्ष उपस्थित भएका साह ५ दिनको हिरासत बसाइपछि रिहा भएका छन् ।

प्रहरी ठेकदार र ठेकेदार पत्रकारको डिजाइनमा फसाउने षड्यन्त्र रहेको थियो । तर, अन्तःमा दिवाकर साह निर्दाेष भएपछि रिहा भएका छन् । सप्तरीका स्थानीय युवाले दिवाकर साह निर्दाेष भएको भन्दै दबाब दिदै आएका छन् । ठेकेदार पत्रकारको मिलेमतोमा प्रहरीले दिवाकरलाई झुटो मुद्दा लगाएको उनीहरुको आरोप छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);