Our Network

असोज ११ २०७८, सोमबार

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधान ट्रफिकको नियन्त्रणमा

काठमाडौं, ४ भदौ । सरकारले बुधबार राति १२ बजेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिसकेको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई सडकका चोक चोकमा परिचालन गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन भनेको छ । पसलहरु पनि बिहान सात बजेसम्म मात्रै खोल्न दिइएको छ । प्राय भीडभाड हुने काठमाडौंका सडकहरु निषेधाज्ञा जारी भएपछि सुनसान देखिएका छन् । सरकारले जारी गरेको निषेधाज्ञामा बिहीबार मात्र निषेधाज्ञाको उल्लंघन गर्ने ८ सय ८७ मोटरसाइकल र गाडीलाई होल्डमा राखिएको ट्रफिक प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply