कपिलवस्तु जिल्लामा निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तु जिल्लामा निषेधाज्ञा जारी

kapilvastu curfew
 शम्भू माली
कपिलवस्तु, ११ चैत्र । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलवार दिउसो ६ बजे देखी अर्को आदेशसम्मकालागी निषेधाज्ञा जारी गरेको छ । स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गारिएको हो ।
निषेधाज्ञा उल्घंन गर्नेलाई कानुनी कार्यवाही गर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाले जारी गरेको निषेधाज्ञामा अति आवश्यक काम सेवा बाहेकका सबै गतिबिधिमाथि बन्देज लगाएको हो । 
अर्को सूचना जारी नहुन्जेल सम्मकालागी भारतसंग सीमा जोडिएका कृष्णनगर, मर्यादपुर, रंगपर, चाकरचौडा, भिल्मी लगायतका ८ वटा सवै नाकाहरु पूर्ण रुपमा वन्द गरिएको छ ।  जिल्लाका तौलिहवा, लबनी, पकडी, जितपुर, चन्र्दौटा, कृण्णानगर, बहादुरगजं लगायत सबै बजार बन्द भएको छ ।
कुनै पनि किसिमको सभा, सम्मेलन, गोष्ठी, बैठक गर्न नपाउने गरि रोक लगाएको हो । कोरोना भाईरस भित्रिन न दिनकनलागी निषेधाज्ञा लगाईएको कपिलबस्तुका जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);