रुकुम पश्चिममा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि प्रशासनद्वारा निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

रुकुम पश्चिममा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडपपछि प्रशासनद्वारा निषेधाज्ञा जारी

काठमाडाैं, ७ माघ । रुकुम पश्चिममा निषेआज्ञा जारी गरिएको छ । नेकपा नेपाल–दाहाल पक्ष र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपपछि तनावग्रस्त रहेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमले मंगलबार साँझ ५ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले विज्ञप्ति जारी गर्दै पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यसका साथै अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्यावसाय विहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न दिइने बताइएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा स्थानीय युवाबीच मंगलबार झडप भएको थियो । नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेरको र झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना युवाहरु घाइते भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);