निषेधाज्ञामा पनि सीमामा आउजाउ राेकिएन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

निषेधाज्ञामा पनि सीमामा आउजाउ राेकिएन

पर्सा,१४ भदाै । पर्सामा श्रावण १० देखि जारी गरिएको निषेधाज्ञालाई थप कडाई गरिएको छ । वीरगञ्ज बजार पूर्ण रुपमा बन्द छ । सरकारले निषेधाज्ञा उल्लङघन गर्नेलाई कडा कारबाही गरिने पनि भन्दै आएको छ । तर, निषेधाज्ञाका बिचमा सीमामा आउजाउ निर्वाद चलिरहेको छ ।।

निषेधाज्ञा उल्लंघन गर्दै भारतीय बजारमा पुग्नेको दर रोकिएको छैन । वीरगंज बजार बन्द भएका कारण सीमा पारी पुग्नु परेको स्थानीयको दाबी छ । बजार बन्द भएका कारण एकातिर स्थानीय संक्रमणको जोखिमका बाबजुत पनि भारतीय बजार पुगिरहेका छन् अर्कातिर नेपालतर्फको व्यापार ठप्प हुदैँ गएको छ ।

तरकारी तथा फलफुल आयात भईरहेको भएपनि व्यवसाय संचालन गर्ने अवस्था छैन । मापदण्ड तोकेर व्यवसाय संचालन गर्ने व्यवस्था नगर्दा व्यवसायीको लगानी चौपट भएको छ। पर्सामा हजारौ साना व्यवसायीहरु कोरोनाको चपेटामा परेका छन् । कोरोनाले पर्सामा मृत्यु हुनेमा उच्चमा पर्दछ । कोरोनाको लप्काले पर्सा जलिरहेको छ ।

सरकारले निषेधाज्ञा जारी गरेको छ । तर, सीमा पारी आउजाउ रोकिएको छैन । नेपाल तर्फको व्यापार व्यवसायी चौपट पर्दै गएकोले सरकराले निषेधाज्ञालाई व्यवस्थित बनाउन आवश्यक छ ।सर्वसाधारण दैनिकीसंगै व्यवसाय संचालनको नयाँ मापदण्ड तय गर्न अब जरुरी भैसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);