लकडाउनको कारण माछा व्यवसाय संकटमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

लकडाउनको कारण माछा व्यवसाय संकटमा

machapalan

श्याम गुप्ता
बारा, ३० चैत । लकडाउनको प्रभाव कृषि,पशुपंक्षी तथा माछाजन्य व्यवसायमा पनि उत्तिकै परेको छ । मुलुक तेश्रो चरणको लकडाउमा गुज्रिरहेको बेला माछा व्यवसाय पनि चपेटामा परेको हो । बजारमा माछाको माग भएपनि बजार, भुरा र दानाको अभावमा माछापालक किसान मर्कामा परेका हुन् । यस्तै चपेटामा भएको छ बाराका माछापालक किसानहरुको व्यवसाय पनि ।

लकडाउनका कारण बजार ठप्प भएपछि माछा व्यवसाय चपेटामा परेको छ । बजारमा बिक्री गर्ने समयमा बजार बन्द भएपछि किसान मर्कामा परेका हुन् । यस्तै मर्कामा परेका छन् बाराका किसानहरु पनि । बाराको कलैया उपमहानगर, कोहल्वी नगरपालिका, सिम्रौनगढ नगरपालिका लगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछा पालन व्यवसायमा आवद्ध छन् । व्यवसायमा करिब १० हजारले रोजगारी समेत पाएका थिए । व्यवसाय ठप्प हुँदा लाखौ लगानी त डुबेकै छ । त्यसैमा पनि दश हजार बढीको रोजगारी समेत गुमेको व्यवसायीको भनाई छ ।

लकडाउनले माछाको बजार ८० प्रतिशत घटेको आंकलन गरिएको पछ । उत्पादित माछा बजार पुराउन कठिन भएको छ नै । यसैमा पनि माछाको भुरा र दाना समेत चरम अभाव भएपछि व्यवसायी संकटमा परेका छन् । जग्गा लीजमा लिएर व्यवसाय शुरु गरेपनि लीज भाडा समेत तिर्न उनीहरुलाई सकस भएको छ ।

सरकारले कृषि र उद्योगको लागि सावधानीपूर्वक व्यवसाय संचालन गर्न भनेको छ । तर, स्थानीय तहमा त्यो लागु हुन सकेको छैन । बजार, दाना र भुराको ल्याउन लैजान नसक्दा लगानी र दश हजार बढी रोजगारी गुमेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);