नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत ननाघ्ने विश्व बैंकको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत ननाघ्ने विश्व बैंकको प्रक्षेपण

the world bank

काठमाडौं, ३० चैत । विश्व बैंकले कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने आकलन गरेको छ । विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत मात्रै बढ्ने उल्लेख छ । यो नेपाल सरकारले तय गरेको आर्थिक वृद्धिको लक्ष्यभन्दा निकै कम हो । सरकारले यस वर्ष ८दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । गत साता एसियाली विकास बैंक एडीबीले सन् २०२० मा नेपालको अर्थतन्त्र ५दशमलव ३ प्रतिशतले मात्रै बढ्ने आकलन गरेको थियो।

विश्व बैंकको प्रतिवेदनले एडीबीले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ। लामो समयसम्म कोरोनाको प्रभाव रहे आर्थिक वृद्धिदरमा थप कमी आउने विश्व बैंकको प्रक्षेपण छ । कोरोना प्रभाव रहिरहे आगामी वर्ष सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि सुधार देखिने विश्व बैंकको अनुमान छ ।

नेपाल मात्रै नभएर दक्षिण एसियाका आठ वटै मुलुकको अर्थतन्त्र कोरोनाका कारण प्रभावित हुने विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ। सन् २०२० मा दक्षिण एसियाली मुलुकहरूको औसत आर्थिक वृद्धिदर १दशमलव ८ देखि २दशमलव ८ प्रतिशत मात्रै बढ्नेछ। यो ६ महिनाअघि विश्व बैंकले गरेको प्रक्षेपणभन्दा निकै कम हो।

विश्व बैंकले ६ महिनाअघि दक्षिण एसियाली मुलुकले सन् २०२० मा औसत ६दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);