चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषकाे प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषकाे प्रक्षेपण

काठमाडौं, २५ चैत। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

गतसातामात्रै विश्व बैंकले चालु आबमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

बिश्वबैंकको प्रक्षेपण सार्वजनिक भए लगत्तै कोषले विश्व बैंकको प्रक्षेपणलाई चुनौती दिंदै नेपालको आर्थिक वृद्धिदर झण्डै ३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

यसैगरि कोषले, आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा क्रमशः ४ दशमलव २ प्रतिशत र ५ दशमलव २ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

वल्र्ड इकोनोमिक आउटलुक, २०२१ लाई सार्वजनिक गर्दै कोषले छिमेकी राष्ट्र भारतको अर्थतन्त्र सन् २०२१ मा १२ दशमलव ५ प्रतिशत र चीनको ८ दशमलव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

मुद्रा कोषले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ । कोरोना महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३ दशमलब ३ प्रतिशतले संकुचन भएको कोषको संशोधित अनुमान छ । सन् २०२० मा मुद्राकोषमा सदस्य रहेका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशहरूले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);