तोलामा एक हजार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तोलामा एक हजार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

काठमाडौं, २५ चैत । उकालो लागेको सुनको मूल्यमा बिहीबार एक हजार रुपैँयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोलामा एक हजार रुपैँयाले बढेर ८९ हजार निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोलाको ८८ हजार रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि १५ रुपैँया बढेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोलाको एक हजार २ सय ६० रुपैँया निर्धारण गरिएको छ । यसअघि बुधबार चाँदी प्रतितोलाको एक हजार २ सय ४५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);