काठमाडाैं, २६ चैत । आज बिहीबार अघिल्ला दिनका तुलनामा नेप्सेमा त्यति उत्साह थपिएन । बिहीबार नेप्से सूचक झिनो अंक २ दशमलव ७४ ले वृद्धि भएर २६७४.३५ विन्दुमा आइपुगेको भएपनि कारोवार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
बिहीबार शेयर बजारले ६ अर्ब ५५ करोडको कारोबार गरेको छ । थोरै सुस्त भएपनि अल टाइम हाइ रेकर्ड बनाएको बजारले नयाँ वर्षसँगै तेजी लिने अपेक्षा भने गरिएको छ । बिहीबार शेयर कारोवारमा फाइनान्स र माइक्रोफाइनान्स समूहमा चमक देखिएको छ ।
कारोवारमा ६ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको थियो । कारोवार रकमका हिसाबले बिहीबार ३६ करोड रुपैयाँभन्दा बढीको कारोवार गरेर अपर तामाकोशी अगाडि रह्यो भने दोस्रो र तेश्रोमा निफ्रा र नेपाल बैंक परेका छन् ।




