नेप्सेमा झिनो सुधार: आज ६ अर्ब बढीको सेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेप्सेमा झिनो सुधार: आज ६ अर्ब बढीको सेयर कारोबार

stock_exchange_nepse

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से सूचकमा झिनो बृद्धि भएको छ । मंगलबारको कारोवारमा नेप्से सुचकांक १ दशमलव ९४ अंकले बढेर २६५४ दशमलव ६९ विन्दुमा अडिएको छ ।

बजारले नेप्सेमा सुचिकृत २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता शेयर ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीमा कारोबार गरेको छ । १३ समुहमध्ये ६ वटा समूहको सूचक वृद्धि भएको छ । ९ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ ।

कारोबार रकममा २३ करोड रुपैयाँभन्दा बढी कारोवार गरेको एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रो र तेश्रोमा अरुण काबेली हाइड्रोपावर ग्रामीण विकास लघुवित्त कम्पनी परेका छन् ।

यद्यपी मंगलबारको कारोबार रकम अघिल्लो दिनको तुलनामा भने घटेको छ । तर औसतमा ६ अर्बभन्दा बढीको कारोबारलाई सन्तोषजनक मानिएको छ ।

मंगलबार शेयर बजार केही अस्थिर पनि देखिएको छ । सामान्य अंकले नेप्से तलमाथि गर्नेक्रम कारोबार अवधिभर नै चलिरह्यो । अन्ततः नेप्से हरियै भएर बन्द भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);