नेप्सेमा झिनो सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेप्सेमा झिनो सुधार

nepal stock exchange

काठमाडाैं । सोमबारसम्म केही खस्केको नेप्से सुचक मंगलबार सम्हालिएको छ । मंगलबारको कारोवारमा नेप्से सूचक २ दशमलव ६८ को झिनो अंकले बढेर २६६४ दशमलव ६१ विन्दुमा आएको छ । मंगलबार शेयर बजारमा ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२ सय १६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । ९ समूहको सूचकमा वृद्धि आएको छ । पछिल्ला केही दिन बजार करेक्सनको बाटोमा गएको बजार विस्तारै सम्हालिन लागेको देखिन्छ । बजार घटेर सर्वसाधारण लगानीकर्ता त्रसित भएकोमा मंगलबारको कारोबारले भने उत्साह थपेको छ ।

तथापी, घटेको बजारमा दिगो सुधारका लागि भने समय लाग्न सक्दछ । केही दिन अगाडि नेप्से सूचकले २७ सयको विन्दु पार गर्दा बजारमा ट्रेडरहरु हावी भएका थिए । ट्रेडरहरु हावी भएकै कारण उनिहरुले बिक्रीको चाप बढाइदिंदा नेप्से सुचक प्रभावित भएको अनुमान गर्न सकिन्छ ।

मंगलबारको कारोबारमा ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र र तेश्रोमा नबिल बैंक रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);