सोमबार अस्थिर रहेयो नेप्से तर कारावार रकमभने उत्साहप्रद | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सोमबार अस्थिर रहेयो नेप्से तर कारावार रकमभने उत्साहप्रद

nepse

काठमाडाैं । सोमबार सेयर बजारमा टे«डरहरुहावी भईदिनाले नेप्से केही अस्थिर देखियो । सोमबार कारोबारको शुरुमा नेप्से उकालो चढेकै बेला टे«डरहरु हावी भईदिनाले अन्तिम समयमा नेप्से १२ दशमलव ३५ अंकले घटेर २६५२ दशमलव ७२ विन्दुमा रोकिएको छ ।

नेप्से सुचक घटेको भएपनि बजारले गरेको कारोवार भने उत्साहप्रद नै रहेको छ । बजारले सोमबार २१६ कम्पनीको १ करोड ५९ लाख भन्दा बढी कित्ता सेयर ७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीमा कारोबार गरेको छ ।

रकमका आधारमा अपि पावरले ३९ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोवार गरेर अग्रस्थान ओगटेको छ । यसैगरि दोश्रो र तेश्रोमा नेपाल पुनर्बिमा कम्पनी र ग्रामीण विकास लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

आईतबारको कारोवारमा धेरै वृद्धि भएकाले सोमबार नेप्सेले आफुलाई सामान्य करेक्सन गरेको अनुमान गरिएको छ । यसरी नेप्सेमा करेक्सन देखिंदा बजार अघि बढ्ने क्षमता थप विकास हुने विश्लेषणहरु गर्न थालिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);