साताको पहिलो दिन सेयर बजारले हालसम्मकै ठूलो कीर्तिमान कायम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साताको पहिलो दिन सेयर बजारले हालसम्मकै ठूलो कीर्तिमान कायम

nepse

काठमाडाैं, २२ चैत । साताको पहिलो दिन सेयर बजारले हालसम्मकै ठूलो कीर्तिमान कायम गरेको छ । आईतबारको कारोवारमा नेप्सेले २ हजार ६ सय ५७ दशमलव ६१ को बिन्दु टेकेर अहिलेसम्मकै उच्च विन्दुमा टेकेको छ ।

आइतबार मात्रै नेप्से सूचक २५ दशमलव ७१ अंकले वृद्धि भएको छ । बजारले ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको हो । सुचक र कारोवार रकममा सुधार आएसँगै बजारमा लगानीकर्ताको उत्साह पनि बढ्न थालेको छ ।

आइतबारको कारोवारले बजार बुलिस प्रवृत्तिमै रहेको छ देखाएको छ । नयाँ वर्षको प्रारम्भसँगै सेयर बजारको पनि सिजन शुरु हुने भएकाले लगानीकर्ताका लागि राम्रो संकेत दिएको मान्न सकिन्छ । बजारमा ७ कम्पनीको मुल्यमा वृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।

आज निफ्रा अन्य कम्पनीलाई पछाडि छाड्दै ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोवार गरेर अग्रस्थानमा रहेको छ । आजैको कारोवारमा अपर तामाकोशी दोश्रो र तेश्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन् । १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);