उत्साहजनक नभएपनि सुधारोन्मुख हुदै शेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उत्साहजनक नभएपनि सुधारोन्मुख हुदै शेयर बजार

काठमाडौं, २१ फागुन । यो साता भरिका आर्थिक गतिविधि र राजनैतिक घटनाक्रमको प्रत्यक्ष असर नेप्से सुचकमा देखिएको छ । अर्थतन्त्रले लय पक्रेको अबस्था देखिएपनि शेयर बजारमा भने यसले तात्विक अन्तर भने ल्याउन सकेन ।

बैंकहरुबाट भएको कर्जा प्रवाहमा वृद्धि, भन्सार विभागले आयातमा भएको सुधारका सम्बन्धमा सार्वजनिक गरेको तथ्यांकले पनि अर्थतन्त्रले विस्तारै लय पक्रँदै गएको संकेत दिएको थियो । मुलुकमा विकसित राजनैतिक घटनाक्रमले सरकारकै भबिष्यका सम्बन्धमा पनि चर्चा परिचर्चा चल्न थालेकै कारण पनि यो साताको नेप्से कारोवार उत्साहप्रद देखिएन ।

परिणाम साताको कारोवारको पहिलो दिन आईतबार नै नेप्सेले आफ्नो सुचकमा ८० अंकको गिरावट झेल्नु परेको थियो । आईतबार घटेको नेप्से सुचकमा सोमबार केही सुधारात्मक संकेत देखिए पनि बुधबारसम्म झण्डै सय अंक गुमाएको थियो । तर, कारोवारको अन्तिम दिन बिहिबार भने बजारले ९० अंकको उच्चतम वृद्धि हासिल गरेपछि नेप्से सूचक २५०६.६८ विन्दुमा बन्द भएको थियो ।

बिहीबार कारोबार रकम ६.०६ अर्ब र बजार पुँजीकरण ३४ खर्ब ५० अर्ब कायम भएको छ । जसलाई विश्लेषकहरुले सामान्य अबस्थाका रुपमा विश्लेषण गरेका छन् । गत साताको तुलनामा यो साता नेप्सेमा हुने दैनिक कारोबार रकममा भने उल्लेख्य कमी आयोे ।

सोमबार सातामा सबैभन्दा थोरै ५ अर्ब ६९ करोड रुपैयाँको मात्र सेयर कारोबार भयो । आइतबार सबैभन्दा धेरै ८ अर्ब ३५ करोड रुपैयाँको सेयर कारावार भएको थियो । समग्रमा यो साता नेप्सेले ६ दशमलव ४९ अर्ब रुपैयाँ बराबरको कारोवार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);