सोमबार झिनो अंकले खस्कियो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सोमबार झिनो अंकले खस्कियो सेयर बजार

nepal stock exchange

काठमाडाैं, १६ चैत । सोमबार शेयर बजारको नेप्से सुचकमा झिनो गिरावट देखिएको छ । सोमबारको कारोवारमा नेप्से सूचक ५ दशमलव४५ अंकले घटेर २५४३ दशमलव ५२ विन्दुमा अडिएको छ । नेप्से सुचक घटेसँगै कारोवारमा समेत केही गिरावट आई ४ अर्ब ४१ करोड रुपैयाँको हाराहारीमा सिमित भएको छ ।

सोमबार २ सय ९ कम्पनीका ९१ लाख ३८ हजारभन्दा केही बढी कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा सुचीकृत १३ समुहमध्ये ३ समूहको सूचक हरियो भएको छ । ४ कम्पनीको भाउ ९ प्रतिशतले वृध्दि भई सर्किट लाग्ने तहमा पुगेको थियो । शेयर कारोवारमा निफ्रा सबैभन्दा अगाडि देखिएको छ ।

सोमबार निफ्राको ४४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोवार भयो । निफ्रालाई पचछ्याउँदै दोस्रोमा अपर तामाकोशी र तेस्रोमा चन्द्रागिरी हिल्स अगाडि बढेका छन् । सोमबारको बजार साइवेज अर्थात खासै घटबढ नहुने अवस्थामा रहेकै कारण लगानीकर्ताहरु आक्रामकरुपमा खरिदबिक्रीमा नउत्रिएको संकेत मिलेको छ ।

पछिल्ला दिनमा बजारमा खासै उतारचढावको अवस्था नदेखिएको कारण यतिबेला लगानीकर्ताहरु पनि ‘पर्ख र हेर’ कै रणनीतिमा लागेको भन्न सकिन्छ । यो सुस्तताको चरण पार गरेपछि बजारमा पुनः बुलिस ट्रेण्ड शुरु हुने शेयर विश्लेषकहरुको विश्लेषण छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);