नेप्से प्रभावित भएपनि लगानीकर्ताको उत्साह कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेप्से प्रभावित भएपनि लगानीकर्ताको उत्साह कायमै

nepal stock exchange

काठमाडाैं, १२ चैत । बिहीबार नेप्से सूचक २१ दशमलव २९ अंकले घटेर २५४८ दशमलव ९६ विन्दुमा आएर अडिएको छ । केही दिन यता नेप्सेले बढ्ने लय समाए अनुसार नै लगानीकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

समग्रमा बिहीबारको कारोवारमा अल्पकालिन लगानीकर्ताहरुको नाफाबुक गर्ने होडले बजारलाई केही मात्रामा प्रभावित गरेको छ । यसैका कारण नेप्से सूचक बुधबारका तुलनामा केही तल झरे पनि कारोबारको मात्रा भने राम्रै देखिएको छ ।

कारोवार रकमको मात्रामा देखिएको सकारात्मकताले बजारमा क्रेता र बिक्रेताहरुको अभाव नरहेको संकेत गरेको छ । बिहिबार शेयर बजारमा ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोवारमा २ सय ८ कम्पनीको १ करोड २३ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

विभिन्न ३ समूहको सूचकमा हरियाली देखिएको छ । ३ कम्पनीकै भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । ८९ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्रीमा निफ्राको अग्रगामी यात्रा कायमै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);