शेयर बजारमा नेप्से सूचक बढेसँगै बजारमा उत्साह थपियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेयर बजारमा नेप्से सूचक बढेसँगै बजारमा उत्साह थपियाे

काठमाडाैं, १८ चैत । शेयर बजारमा नेप्से सूचक बढेको छ । बुधबार सूचक ४३ दशमलव ३६ अंकले बढेर २ हजार ६ सय १९ दशमलव शून्य तीन विन्दुमा बन्द भएसँगै बजारमा उत्साह थपिएको छ । बजारले ६ अर्ब १६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेको छ ।

बुधबार सूचीकृत २ सय ९ कम्पनीहरुको १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता सेयर खरिदबिक्री भएको हो । ट्रेडिङ बाहेक बाँकी सबै समूह वृद्धि भएका छन् । आजको कारोवारमा सबैभन्दा धेरै निर्जीवन बिमा समूहको कारोवार ३ सय ४९ दशमलव ६८ अंकले वृद्धि भएको छ ।

यसपछि बैंकिङ समूहले ४० दशमलव ८६ अंकको वृद्धि हासिल गरेको छ । कारोबार रकमका आधारमा ३६ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेर एचआइडीसीएल अगाडि आएको छ । यसैगरि अपर तामाकोशी दोस्रो र निफ्रा तेस्रो स्थानमा रहेका छन् ।

पछिल्लो समय बजार अधिक तरलताको अवस्थामा रहनु र बैंक ब्याजदर पनि सस्तो हुनाले आम लगानीकर्ता सेयर बजारमै आकर्षित हुन थालेको देखिएको छ । अर्कातिर बजारमा सेयरको भाउ पनि सस्तिने क्रममै छ । यस्तो बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुको भाउ सस्तो मूल्यमा किन्न पाउने भएपछि आम लगानीकर्ता उत्साहित बनिरहेको देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);