तोलामा ९ सय रुपैँयाले बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

तोलामा ९ सय रुपैँयाले बढ्यो सुनको मूल्य

gold and silver

काठमाडौं, १९ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नौ सय रुपैँयाले बृद्धि भएको छ ।

बुधबार तोलाको ८५ हजार ६ सय रुपैँयामा कारोवार भएको सुनको मूल्य बिहीबार नौ सय रुपैँयाले बढेर ८६ हजार ५ सय रुपैँया निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको मूल्यमा चार सय रुपैँयाले गिरावट आएको थियो ।

यता चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । बुधबार ११ सय ९५ रुपैँयामा कारोवार भएको चाँदीको मूल्य बिहीबार १२ सय १० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);