फेरि उकालो लाग्दै सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फेरि उकालो लाग्दै सुनको मूल्य

काठमाडौं, २० चैत । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ ।

बिहीबार नौ सय रुपैँयाले बढेको सुनको मूल्य शुक्रबार पनि नौ सय रुपैँयाले नै बढेको छ । शुक्रबार सुनको मूल्य नौ सय रुपैँयाले बढेर प्रतितोलाको मूल्य ८७ हजार ४ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला ८६ हजार ५ सय मा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदीको मूल्यमा ३० रुपैँया बृद्धि भएको छ ।

बिहीबार एक हजार २ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २ सय ४० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);