सुनको मूल्यमा ५ सय रुपैँयाले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्यमा ५ सय रुपैँयाले बृद्धि

काठमाडौं, २३ फागुन । लगातार ओरालो लागेको सुनको मूल्य नेपाली बजारमा आज भने उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्यमा ५ सय रुपैँयाले बृद्धि भएको जनाएको छ ।

महासंघले आइतबार सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैँया निर्धारण गरिएको छ । शुक्रबार भने सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँ बढेको छ।

शुक्रबार प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आइतबार ८५ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने आइतबार स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५० मा कारोबार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);