सांग्रीला डेभलपमेन्ट बैँक लिमिटेडले नारी वचत खाताको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सांग्रीला डेभलपमेन्ट बैँक लिमिटेडले नारी वचत खाताको सुरुवात

काठमाडौं, २३ फागुन । सांग्रीला डेभलपमेन्ट बैँक लिमिटेडले नारी दिवसको अवसरमा नारी वचत खाताको सुरुवात गरेको छ । १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखि उच्चतम व्याजदरको साथै वचत गर्न प्रोत्साहीत गर्न खाता सञ्चालनमा ल्याएको बैँकले जनाएको छ ।

उक्त खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासीक रुपमा व्याज भुक्तानी र लकर शुल्कमा पहिलो वर्षकोलागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै मोबाईल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षकालागि निशुल्क गरेका समेत बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);