अनलाइनबाटै शून्य मौज्दातमा बैंक खाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अनलाइनबाटै शून्य मौज्दातमा बैंक खाता

bank khata

काठमाडौं, ११ असार । कृषि विकास बैंकले सेवाग्राहीलाई अनलाइनबाटै शून्य मौज्दातमा बैक खाता खोलिदिने भएको छ । बैंकले आफ्ना सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न अनलाइनबाटै शुन्य मौज्दातमा बैंक खाता खोलिदिने व्यवस्था गरेको हो ।

प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउँदै बैंकिङ कारोवारको दायरा फराकिलो बनाउन विद्युतिय उपकरणको प्रयोग गरी अनलाइनबाटै शून्य मौज्दातमा खाता खोल्ने व्यवस्था मिलाइएको बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो ।

अनलाइनबाट खाता खोल्ने प्रणालीको सुरुवात पश्चात देश र विदेशमा रहेका नेपालीहरुले अनलाइनबाटै खाता फारम भरी आवश्यक कागजात अपलोड गर्न सक्नेछन् जसका लागि कुनै शुल्क लाग्दैन । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकले आफ्नो घर कार्यालयबाट नै बैँक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैँकले जनाएको छ ।

बैंकले विकास गरेको प्रविधि अन्य बैँकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको बैँकले जनाएको छ । खाता खोल्नको लागि बेँकको वेभसाईटमा आवश्यक लिंक तया गरी राखिएको हुँदा उक्ता लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);