एनआईसी एशिया बैंकमा घरैबाट निःशुल्क अनलाईन खाता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एनआईसी एशिया बैंकमा घरैबाट निःशुल्क अनलाईन खाता

काठमाडौं, २० चैत । एन आई सी एशिया बैंकले घरैबाट निःशुल्क अनलाईन खाता खोल्ने सुविधा दिएको छ । बैंकले कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा ग्राहकहरुलाई घर बाहिर आउन नपर्ने गरी अनलाईनबाट नै निःशुल्क खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

उक्त सुबिधाले खाता खोल्न बैंकको शाखा सम्म पुग्ने समयको बचतसँगै ग्राहकहरुलाई सहज हुने बैकले जनाएको छ । बैंकले मुद्दती र बचत दुबै खाता अनलाईनबाटै खोल्न सकिने सुविधा दिएको हो । बैंकले अनलाइन खाता खोल्नको लागि सम्पूर्ण विबरण बैंकको आधिकारिक वेवसाइटमा राखेको जनाएको छ ।

बैंकले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिमा आफना ग्राहकलाई सेवा प्रदान गर्न प्रतिवद्ध रहेको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);