दशैंको लागि ल्याइएको नयाँ नोट आजदेखि साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दशैंको लागि ल्याइएको नयाँ नोट आजदेखि साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि आज बाट नयाँ नोट वितरणका व्यवस्थ मिलाएको छ । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने छन् ।

दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएको भन्दै केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० का नोट ३५ अर्ब बराबरको वितरण गर्ने तयारी गरेको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);