२८ गतेबाट नयाँ नोट साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको लागि भदौ २८ गतेबाट नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । सरकारी बैंकमा नोट साट्नेले भने प्रत्तिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाउनेछन् । बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् ।

नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने छ । यसको लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);