आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले दशैँका लागि आजदेखि नयाँ नोट साट्न दिने भएको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट आजदेखि नयाँ नोट साट्न पाइने भएको हो।

ती बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र एक सय दरका नयाँ नोट सटही गर्न सकिनेछ। राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्मको साट्न पाउनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);