पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन, २८ भदौ । मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अबरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु भएको छ। रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

सो सडक खण्डमा मंगलबार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेको थियो। पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो। पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);