अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

चितवन, १५ भदौ । बिहीबार बिहान देखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ  । आज विहान यस सडक खण्डमा पाँच ठाउँमा पहिरो खसेको थियो ।

 

जसले गर्दा सडक पूर्ण रुपले बन्द हुँदा यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाएपछि आज अपराह्नदेखि सडक सञ्चालनमा आएको हो ।

 

यस सडक खण्डमा पर्ने जलवीरेमा दुई ठाउँमा पहिरो गएको थियो । कालिखोला, चारकिलो र पाँच किलोमा एक-एक ठाउँमा पहिरो खसेको थियो । बुधबार साँझबाट रोकिएका सवारीसाधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);