विभिन्न ठाउँबाट १५ किलो अवैध सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विभिन्न ठाउँबाट १५ किलो अवैध सुन बरामद

सुनसँगै ७ जना पक्राउ –

काठमाडौं, १५ भदौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ किलो अवैध सुन बरामद गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का पेम्वा दोर्जे शेर्पालाई १४ किलो सुन सहित सामासुशीबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

 

चीनबाट रसुवा नाका हुँदै उक्त परीणामको सुन काठमाडौं ल्याइएको सीआइबीले जानकारी दियो । १ किलो सुन जनकपुरबाट बरामद भएको छ । सुनसँगै ७ जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

 

प्रहरीले २२ किलो सुन रसुवा नाकाबाट नेपाल भित्रिएको सूचना प्राप्त भएको  जनाएको छ । जसमध्ये १५ किलो फेला परेको र बाँकी सुन खोज्ने काम जारी गरेको  बताएको छ ।

 

यी हुन् १५ किलो अवैध सुन सहित पक्राउ पर्नेहरु

१. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई हाल काठमाण्डौ  टोखा नगरपालिका वडा नं- ११ बस्ने बर्ष २६ को पेम्बा दोर्जे शेर्पा

२. भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ७ सिरूटार घर भएका वर्ष ३८ को दिपेन्द्र थापा

३. काठमाण्डौं महानगरपालिका वडा नं- १० बानेश्वर बस्ने बर्ष ३९ को सरोज थापा

४.  काभ्रे, पांचखाल नगरपालिका वडा नं- १ बस्ने बर्ष ३८ को बिष्णु गौतम

५. भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं- ७  वर्ष ३४ को राजेन्द्र खत्री

६ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं- ७ बर्ष ३४ रबिन खत्री

७. धनुषा जनकपुर उप-महानगरपालिका वडा नं- ७ बर्ष ३८ को दिपक कुमार शाह रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);