अपडेट : नागढुङ्गा नाकाबाट तीन किलो सुनसहित पाँचजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

अपडेट : नागढुङ्गा नाकाबाट तीन किलो सुनसहित पाँचजना पक्राउ

बाल यौन दुराचारी

काठमाडौं, १६ असार । नागढुङ्गा नाकाबाट बरामद गरिएको ३ किलो सुन प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो तीन किलो सुनसहित दुईजनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लगत्तै काठमाडौँको होटल एल्लो प्यागोडाबाट थप तीन जनालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा सजना साह, अशोककुमार र समरमोहन जोशी रहेको प्रहरी स्रोतले जनाएको छ । यसअघि सुनसँगै चम्पावत भारतका १९ वर्षिय भारतीय नागरिक दीपककुमार मौर्य र महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका–६ का २३ वर्षिय मनोज विक पनि पक्राउ परेका थिए ।

काठमाडौंबाट भारततर्फ सुन लाने क्रममा नागढुङ्गा प्रहरी प्रभागका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले ३ किलो सुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनीहरुले भारतीय मारूती सुजुकी अल्ट्रो युके ०२–४६८४ को गाडीको एयर फिल्टरमा लुकाएर सुन लैजान प्रयास गरेका थिए । उक्त गाडी पटक–पटक सुन तस्करीमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ ।