तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

sun

काठमाडौँ, १९ मंसिर । तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई त्रिभुवन विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको जनाएको छ ।बरामद भएको सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । चिनबाट पटक-पटक अवैध रुपमा सुन नेपाल आउने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);