दोस्रो चरणको निर्वाचन सकिनासाथ पहिलो चरणको मतगणना सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दोस्रो चरणको निर्वाचन सकिनासाथ पहिलो चरणको मतगणना सुरु हुने

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले २१ गते बिहिबार दोस्रो चरणको मतदान सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले बिहिबार अपरान्ह ५ बजे मतदान सकिनै वित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिए ।

मंगलबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको बताए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्न सकिने व्यवस्था मिलाएको छ । स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको निर्वाचन आयुक्त पौडेलले बताए ।

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने उनले बताए । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने जनाए ।

निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना बनाएको छ । आगामी विहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसिर १० गते सम्पन्न भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);