समानुपातिक मतपत्र बल्ल तयार, प्रत्यक्षतर्फको छाप्न सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ११ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक चुनाव प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले शुक्रबारदेखि नै प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छाप्ने कार्य सुरु भएको जनाएको छ ।

आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जानकारी दिएको छ । आजको कान्तिपुरमा खबर छ(निर्वाचनको तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मतपत्रबारे सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुने प्रतिबद्धता जनाएका छन् । ‘समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ भने शुक्रबार देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ,’ आयोगद्वारा सञ्चालन गरिने ‘निर्वाचन र सुरक्षा’ विषयक दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले भने ।

व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, दलहरूको सहमति र सरकारको आग्रहमा दुुवै निर्वाचन एकैसाथ गर्न आयोग तयार भएको र त्यसअनुरूप सबै काम अघि बढेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे । ‘चुनावबारे आलोचना, प्रतिआलोचना र विभिन्न अनुमानको कुरा आइरहेको छ, निर्वाचनको वातावरण अस्थिर तुल्याउने काम कहींकतैबाट नहोस्, निर्धारित मितिमै चुनाव गर्न आयोग प्रतिबद्ध छ ।’

पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन र चुनाव चिह्न प्रदान भई प्रचारप्रसारको काम सुरु भइसकेको, समानुपातिकतर्फको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको, दोस्रो चरणको लागिसमेत निर्वाचन अधिकृतको कार्यालय खोलिसकिएकाले चुनाव हुनेमा कुनै अन्योल नरहेको उनले बताए । तोकिएकै मितिमा चुनाव सफलतापूर्वक सम्पन्न गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक प्रतिबद्धता गरिरहेको उल्लेख गर्दै यादवले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै मतपत्रका सम्बन्धमा आयोगले गठन गरेको समितिको सुझावका आधारमा आयोग अघि बढेको जानकारी दिए। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);