प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक तर्फको निर्वाचनका लागि आजदेखि मतपत्र छापिने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

काठमाडौं, १७ असोज ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आजदेखि छपाइ गरिने भएको छ ।

निर्वाचन आयोगले जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाइ गर्ने भएको हो । मतदाताको संख्या यकिन हुन बाँकी रहेपनि १ करोड ८० लाख थान मतपत्र छापिने आयोगले जनाएको छ । मतपत्र छपाइको व्यवस्थापन गर्न आयोगले आवश्यक जनशक्ति खटाइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । समानुपातिकतर्फको मतपत्र आगामी कात्तिक ८ गतेभित्र छापिसक्ने आयोगको योजना छ ।

 

त्यसलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छपाइको काम शुरु गरिने आयोगले जनाएको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्दसूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं १ मा ८७, प्रदेश नं २ र ३ मा ८६÷८६, प्रदेश नं ४ र ६ मा ८२÷८२, प्रदेश नं ५ मा ८४ र प्रदेश नं ७ मा ८३ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा ११० जना तथा प्रदेशसभामा २२९ जना चयन हुनेछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);