प्रदेश–प्रतिनिधिसभा चुनावः दशैं लगत्तै मतपत्र छापिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ करोड ४० लाख मतपत्र छाप्ने तयारी

काठमाडौँ, ११ असोज । निर्वाचन आयोगले दसैं बिदालगत्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले मतपत्रको डिजाइन र मतपत्रमा रहने राजनीतिक दलका चिह्नहरू टुंगो लगाइसकेको छ । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले निश्चित समयसीमा र कार्यतालिका बनाएर निर्वाचन लक्षित काम भइरहेको बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निर्धारित दिन नजिकिँदै गएसँगै आयोगमा निर्वाचन तयारीसम्बन्धी कामको चाप बढेको छ ।

प्रवक्ता ढकालका अनुसार असोज १७ बाट समानुपातिकतर्फको मतपत्र छपाइ सुरु भइसक्नेछ । सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिनेछ । यसअघि स्थानीय तह निर्वाचनको मतपत्र पनि त्यहीँ छापिएको थियो । समानुपातिकतर्फको मतपत्र हल्का रातो बनाउने तथा एउटै मतपत्रभित्र मतपत्र १ प्रतिनिधिसभा र मतपत्र २ प्रदेशसभा भनी छुट्याउने निर्णय आयोगले गरिसकेको छ । मतपत्र १ माथि र मतपत्र २ तल रहनेछ । प्रत्यक्षतर्फको मतपत्र पनि समानुपातिककै जसरी राख्ने निष्कर्षमा पुगे पनि त्यसको अन्तिम रूपबारे आयोगले निर्णय लिइसकेको छैन ।

आजको कान्तिपुरमा प्रकाशित

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);