हृदयेश त्रिपाठीले छोडे राजपा, अब सूर्य चिन्हमा चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, १७ असोज । ठूला राष्ट्रिय राजनीतिक दलहरुमा नयाँ नयाँ ध्रुवीकरण भइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठी पार्टी छाडेका छन्। राजपा छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले एमालेसँग मिलेर आगामी निर्वाचनमा लड्ने लिखित सहमति गरेका हुन्।

नेकपा एमालेसँग दुई बुँदे सहमति गरी एमालेको चुनाव चिन्हबाट आगामी प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा सूर्य चिन्ह लिएर सहभागी हुने र स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने उल्लेख छ।

स्वतन्त्र राजनीतिक समूहको तर्फबाट हृदयेश त्रिपाठी, बीके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु), जगदिश शुक्ला (बाँके)ले सम्झौतामा हस्ताक्षर गरेका छन्।

एमालेको तर्फबाट भने महासचिव ईश्वर पोखरेलले सहमतिमा हस्ताक्षर गरेका छन् । त्रिपाठी मधेसवादी ६ दलबीच एकतापछि रुष्ट भएका थिए । आफू भन्दा कनिष्ट र आफ्नो शिष्यहरुलाई अध्यक्ष मण्डलमा राखिएको भन्दै त्रिपाठी रुष्ट रहँदै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);