निर्वाचन व्यवस्थापनका लागि कर्मचारी केन्द्रमा पुगे : आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन व्यवस्थापनका लागि कर्मचारी मतदान केन्द्रमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

कर्मचारी सबै सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । आज मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने र मतदान स्थल बनाउने काम भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

मंसिर २१ गते ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । मतदान केन्द्रको सम्पूर्ण सुरक्षा प्रबन्ध तय भइसकेको आयोगले जनाएको छ । मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएकाे छ ।

निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने ६७ प्रकारका सामग्री सम्बन्धित केन्द्रमा पुगिसकेको छ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);