रसुवाका मतदान केन्द्रमा कर्मचारी पुग्न थाले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रसुवाका मतदान केन्द्रमा कर्मचारी पुग्न थाले

रसुवा, ६ मंसिर । आइतबार हुने निर्वाचनका लागि रसुवाका मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पुग्न थालेका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले लाङटाङ, यार्सा, सरमथली, थुमन, हाकु लगायतका मतदान केन्द्रमा कर्मचारीलाई मतदान सामग्री सहति पठाएको जनाएको छ ।

रसुवाको दुर्गम गाँउमा पुग्न दुई दिन लाग्ने भएकाले भोलीसम्म प्रत्येक मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने कार्यालयले जनाएको छ ।

मतदान सामग्री र कर्मचारीको साथमा सुरक्षाकर्र्मी समेत परिचालन गरिएको छ । रसुवामा निर्वाचनका लागि २ सय ५६ जना कर्मचारी खटाइएको छ । ३४ मतदानस्थल र ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा ३२ हजार ३ सय २३ मतदाता छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);