माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

माथिल्लो डोल्पाका मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी अलपत्र

जुम्ला। माथिल्लो डोल्पामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी अलपत्र परेका छन् । मतदान सम्पन्न भएपछि हेलिकाेप्टरले मतपेटिका लिएर गएकाे तर कर्मचारीलाई नलगेपछि उनीहरू अलपत्र परेका हुन् । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका १३५ कर्मचारी खटिएका थिए । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका-१ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको बताए । ‘कर्मचारीलाई चिसोका साथै खान र बस्न समस्याका भएको छ,’ उनले भने, ‘समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा छ। उनीहरूलाई टाउको दुख्ने, वाकवाकी लाग्ने र सास फेर्न गाह्रो हुने गरेकाे बोहोराले बताए । उनले भने हिँडेर जाने सक्ने अवस्था नभएकाे बताए । याे स्थान पाँच हजार मिटर उचाइमा छ । उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी १ मंसिरदेखि अलपत्र परेका हुन् ।  डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात् बाँकी कर्मचारी ल्याउने भनिए पनि हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धार हुन नसकेको बताए ।त्यसको लागि पहल भइरहेको उनकाे भनाइ छ । हेलिकोप्टरबाट उद्धार गर्न आग्रह गरेकाे उनले बताए । उनका अनुसार ४ मंसिरको निर्वाचनका लागि उनीहरूलाई हेलिकोप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । कर्मचारीको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ । ‘निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,’ उनले भने, ‘२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी आए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् । बुधबार बिहान हेलिकोप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको छ।’

चिसो पनि बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरूको छिटो उद्धार गर्नुपर्ने अवस्था भएको उनको भनाइ छ।

कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए । उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा जनशक्तिको अभाव समेत भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);