जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने

जुम्ला । जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिडिसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी पिन मतदान स्थलतिर निस्केका छन्  ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ति क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ । कनकासुन्दरीको टोली मतदान सामग्री बुझेर पनि मतदान केन्द्रतिर लागि सकेको छ । सबै  पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् ।

जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);