जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग

जुम्ला । जुम्लाका अति संवेदनशील मतदानस्थलका  मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा ७९ वटा मतदानस्थल र १०२ मतदान केन्द्र कायम गरिएको छ ।  जसमध्ये ४१ वटा मतदानस्थल अति संवेदनशील छन् ।

जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुरक्षाको दृष्टिकोणबाट ७९ मतदानस्थलहरूमध्ये ४१ वटा मतदानस्थललाई अति संवेदनशील, १५ वटा मतदानस्थललाई संवेदनशील र २३ वटा मतदानस्थल सामान्य रहेको बताए  ।

ती मतदानस्थललाई कसरी सुरक्षाको प्रवन्ध मिलाउने भन्ने विषयमा तयारी भइसकेको जानकारी दिएका उनले तिला गाउँपालिकाको खोप्रीसहित चार स्थान दूरीको हिसावले टाढा रहेको बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंका अनुसार सुरक्षा निकायलाई मतदान गरेर सकाउन मात्र चिन्ता छैन । मतदानपछि स्थानीय तहको निर्वाचन कार्यालयमा मतपेटिएका पु¥याउने, गणनासहित अन्तिम कार्यसम्म सुरक्षा प्रवन्धको विषयमा जिल्ला सुरक्षा समितिले योजना बनाएको उनले बताइन्  । तर, ५ देखि ७ घण्टा लाग्ने खोप्रीबाट मतपेटिका ल्याउन हेलिकोप्टर आवश्यक देखिएको उनले जानकारी दिइन् ।

प्रमुख जिल्ला अधिकारी प्रसार्इंले जिल्लास्थित राजनीतिक दलहरूको निर्वाचन स्वच्छ र भयरहित बनाउने विषयको बैठकमा खोप्रीजस्ता जोखिम स्थानमा हेलिकोप्टरका लागि पहल गर्न राजनीतिक दलको तर्फबाट पनि पहल गर्न अनुरोध गरिन्  । उनले  प्रदेशस्तरीय बैठकमा समेत खोप्रीमा हेलिकोप्टरको आवश्यक रहेको बताइन् छ  ।

त्यस्तै प्रहरी नायव उपरीक्षक चन्दका अनुसार तिला गाउँपालिका ९ स्थित नैनादेवी आधारभूत विद्यालय खोप्रीमा मानेचौरबाट हिँडेर ६ देखि ७ घण्टा लाग्नेछ  । त्यहाँबाट मतपेटिका तिलामा ल्याउन करिब ८ देखी ९ घण्टा लाग्ने भएकाले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

यस्तै तिला–९ कै ज्योति मा.वि राँसामालापानी र प्रस्तावित मा.वि. ढिपु पनि करिब तिला गाउँपालिकाबाट ६ घण्टा टाढा रहेको छ । यस्तै कनकासुन्दरीको मर्फानमा कनकासुन्दरीबाट तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।

यस्तै जिल्लाभरमा मतगणनास्थल वा पालिका केन्द्रमा एक देखि तीन घण्टा लाग्ने धेरै स्थान छन् । तर तिला–९ खोप्रीको नदैदेवी आधारभूत विद्यालयको मतदान केन्द्र जिल्लाकै सबैभन्दा टाढा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);